logo
logo
×
समाचार विजनेश जीवनशैली सूचना प्रविधि मनोरन्जन खेलकुद विचार

ओखलढुंगाबाट प्रतिनिधिसभामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

७ मंसिर, काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे ।

nepalayaOnline
२६ मिनेट अगाडि

Latest News

बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

७ मंसिर, बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

nepalayaOnline
२६ मिनेट अगाडि

पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रदीप यादव विजयी

काठमाडौँ — पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता प्रदीप यादव विजयी भएका छन् । उनले २२ हजार ५३७ मत ल्याउँदै निर्वाचित भएका छन् ।

nepalayaOnline
२६ मिनेट अगाडि

बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित

बर्दिया — बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्म्दवार लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पराजित गरेका छन् ।

nepalayaOnline
२६ मिनेट अगाडि

काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेस ५, रास्वपा ४ र एमाले एक ठाउँमा विजयी

काठमाडौँ — काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मतपरिणाम अनुसार काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस, ४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका हुन् ।

nepalayaOnline
२६ मिनेट अगाडि

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।

nepalayaOnline
40 मिनेट अगाडि

Election news